श्रीनेपालमाता महिमा राष्ट्रिय १०८ विराट् महायज्ञ–२०७२

श्रीनेपालमाता महिमा राष्ट्रिय १०८ विराट् महायज्ञ–२०७२ निर्देशिका

जनमानसमा आध्यात्मिक चेतनाको अभिवृद्धि गराई समाजमा शान्ति स्थापना कार्यमा आंफूलाई समर्पित तुल्याउनु भएका राष्ट्र महिमालाई उज्जागर गर्ने नेपालआमाका वरद सुपुत्र शतक्रतुजयी अनन्तश्रीविभूषित मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्रीमुक्तिनाथबाबा) का पावन सत्संकल्पमा विगतका समयमा नेपाल एवं भारतका विभिन्न स्थानहरुमा एकै तिथि, मिति र मुहूर्तमा १०८ विराट् महायज्ञ, सप्त महायज्ञ, मुक्तिनाथ महोत्सव, प्रत्येक नववर्षमा सबै नेपालीको मंगलमय वनोस् भन्ने महान अभिलाषा सहित विश्वशान्ति, राष्ट्रशान्ति र सम्वृद्धिको लागि १००८ कुण्डात्मक हवनादि कार्यहरु भव्य रुपमा सम्पन्न हुदैं आएको व्यहोरा यहाँहरुलाई अवगत नै छ । 
विगतका वर्षहरुमा जस्तै श्रीस्वामीज्यू महाराजका सत्संकल्प तथा अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेवल ट्रष्टको तत्वावधानमा नववर्ष २०७२ को आगमन सँगै श्रीपञ्चमहालक्ष्मी श्रीपीठ, श्रीवन, छालिङ्ग–९, भक्तपुर समीप २०७० चैत्र श्रीरामनवमीको दिनमा शिलान्यास गरिएको नेपालको पहिलो श्रीनेपालआमा श्रीमन्दिर निर्माणार्थ २०७२ नव वर्षको शुभागमनको अवसरमा श्रीनेपालमाता महिमा राष्ट्रिय महायज्ञको आयोजना हुदैँद ।  श्रीनेपालमाता महिमा राष्ट्रिय १०८ विराट् महायज्ञ अक्षताचल (चामलको पर्वत) र श्रीफलाचल (नरिवलको पर्वत) सहित श्रीनेपालआमाको अर्चना एवं विभिन्न कार्यक्रमहरुका साथमा सम्पादन हुने कार्यक्रममा सहभागिताका लागि उक्त पुनित कार्यमा सहभागी हुन हार्दिक अनुरोध गर्दछौं ।
महायज्ञमा गरिने विभिन्न कार्यक्रमहरु
२०७१ वैशाख १ गतेको दिन गरिने कार्यक्रमहरु ः–
१. शंखनाद वाद्यवादन
बिहान ७ देखि ७ः५ बजेसम्म ॐ उच्चारण गरी शंख, घण्ट, मृदंग वा अन्य कुनै पारम्पारिक वाद्यवादन गर्नुहुन र बाजा नभएकाहरुले  निरन्तर ५ मिनेटसम्म ॐ उच्चारण गरी नेपाल आमालाई सु–प्रशन्न पार्नुहुन समस्त ॐकार परिवारलाई निवेदन छ ।
वाद्यवादन पञ्चैबाजा आदि बजाई ध्वनि (नाद) गर्दा भन्ने मन्त्र
ॐ पाञ्चजन्यं हृषिकेशो देवदत्तं धनन्जयः।
पौण्ड्रं दध्मौ महाशङ्खं भीमकर्मा वृकोदर ।।
यत्रयोगेश्वर कृष्ण यत्र पार्थाे धनुर्धरः।
तत्र श्रीविजयो भूतिधु्र्रवा नीतिर्मतिर्मम ।।

२. विहान ७ः५ मा राष्ट्र शान्तिको कामना गर्दै राष्ट्र समृद्धिको लागि देशभरका मठ–मन्दिर, गुम्बा, चैत्य, विहार, गुरुद्वार र आ–आफ्ना घर एवं महायज्ञस्थलमा दीप प्रज्ज्वलन गरौं ।
दीप प्रज्ज्वलन गर्ने मन्त्र
ॐ सर्वान्धकार परिहरस्त्वं दीपज्योतिर्नमस्तुते
३.महासंकल्प
 विहान ७ः१० मा महायज्ञस्थलमा सवै जना समुपस्थित भई हातमा कर्मपात्रको जल, जौं, तिल, कुश, अक्षता, पैसा आदि राखेर राष्ट्र शान्ति एवं सर्वाङ्गीण विकास र सबैमा आयु, आरोग्य श्रीसमुन्नतिका लागि सामुहिक संकल्प गरौं ।

४. विहान ७ः२५ वजेबाट ९ वजेसम्म आ–आफ्ना मठ–मन्दिर एवं १०८ महायज्ञस्थलमा भगवन्नाम संकीर्तन गरौं ।
भगवन्नाम संकीर्तन मन्त्र
हरे राम हरे राम राम राम हरे हरे ।
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।।

सिद्धिकलश पुजन
५. विहान ९ः१५ मा नेपालका महत्वपूर्ण देवनदी, महानदी एवं विशेष श्री शालग्रामी नदी श्रीकृष्ण गण्डकीको जल राखिएको सिद्ध कलशको पूजा गरौं ।
सिद्धि कलश पूज गर्ने मन्त्र
कलशस्य मुखे विष्णु कण्ठे रुद्रःसमाश्रित
मूले तस्य स्थितो ब्रह्म मध्ये मातृगणः स्मृताः ।
                     कुक्षौ तु सागरा सप्त सप्तदीप बसुन्धरा
ऋग्वेदोथ यजुर्वेदो सामवेदोप्थर्वण
अङ्गैश्च सहित सर्बे कलशन्तु समाश्रिताः
गण्डकीं कर्णालीं भेरीं कौशिकीं वाग्मतीं तथा
सेतीं मेचीं महाकालीं राप्तीं च प्रणमाम्यहम ।।
विष्णुं नारायणीं चैव शालीं मनोहरां तथा  ।।

६. बिहान ९ः२५ बजे सबैजना समुपस्थित भई राष्ट्रशान्तिका लागि सामुहिक प्रार्थना गरौं ।
सामुहिक प्रार्थना मन्त्र

ॐ सिद्धिवुद्धिप्रदे देवि भुक्तिमुक्ति प्रदायिनी 
मन्त्रमूर्ते सदादेवी महालक्ष्मी नमोऽस्तु ते ।।
आपदामपहर्तारं दातारं सर्व सम्पदाम्
लोकाभिरामं श्रीरामं भूयो भूयो नमाम्यहम् ।।
नेपाल जननीं वन्दे वसुधां धर्मधारिणीम
सर्वदेवमयीं शान्तां भूवैकुण्ठ स्वरुपिणीम् ।।
जले रक्षतुु वाराह थले रक्षतु वामन ।
अटव्यां नारसिंहश्च सर्वतपातु केशव ।।
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः
सर्वे भद्राणि पश्यन्तु महाकश्चित् दुःख भाग्भवेत् ।।
७. विहान ९ः४० मा श्रीनेपालआमाका १०८ श्रीनामद्वारा सुगन्धित फूल तुलसी एवं सिक्काहरुबाट अर्चना गरौं ।

८. सबैले उच्च स्वरमा भगवानको जय जयकार उच्चारण गरौं ।

महायज्ञमा दैनिक गरिने कार्यक्रमहरु
विहान ६ः३० वजेदेखि ७ः०० सम्म सुप्रभात पञ्चसुक्तादि पाठ–पारायण
विहान ७ः३०  सम्मदेखि १२ः०० बजेसम्म श्रीमद्भागवत पाठ–पारायण
दिउसो १ः०० वजेदेखि ५ः०० बजेसम्म श्रीमद्भागवत कथा प्रवचन
साय ७ः०० वजेदेखि ९ः०० बजेसम्म    नेपाल महात्म्य प्रवचन एवं भजन संकीर्तन

सज्जन भक्तजन, श्रीस्वामीज्यूका सत्संकल्पमा देशभर १०८ स्थानमा महायज्ञ सम्पादन हुदैंछन् । यहाँहरुले वृहत् रुपमा आयोजना गर्न नसके पनि नववर्ष २०७२ मंगलमय वनाउन एवं नेपाल माता महिमालाई उजागर गर्न आ–आफ्नो समीपका मठ–मन्दिर, देवस्थल, तीर्थस्थल, घर आदिमा श्रीमद्भागवत पाठ–पारायण गराई  विराट् महाज्ञ सफल गराउन अनुरोध गर्दछौँ ।

१०८ विराट् श्रीमहायज्ञको फूलपाती विसर्जन एवं समापन २०७२ वैशाख १५ गते श्रीपञ्चमहालक्ष्मी श्रीपीठ समीप काठमाडौंको सुनटोल स्वयम् प्रकट श्रीशालग्राम भगवान्को सन्निधिमा १००८ भन्दा धेरै अत्यन्त आस्थावान् सज्जनहरुबाट १००८ भन्दा धेरै श्रीफल (नरिवल) द्वारा पूर्णाहूति हवन हुनेछ ।
अन्त्यमा श्रीफल (नरिवल) सहित सर्वाैषधि, वनौषधि, जडीवुटीबाट हवन र नेपाल आमाको नामबाट सामुहिक अर्चना हुनेछ ।

यस विराट् महायज्ञलाई माथि उल्लेखित कार्यक्रमा सहित सु–सम्पन्न गर्नुहुन सबैमा अनुरोध गरिन्छ ।
अरुको संस्कृति र परम्पराको सम्मान गर्दै नववर्ष २०७२ को प्रारंभमा आ–आफ्नो निवासमा र धार्मिक स्थलहरुमा नेपालमाताको पूजा अर्चना दीप प्रज्ज्वलन, वाद्यवादन सहित मौलिक संस्कृति र परम्पराको संरक्षण गरौं अरुलाई पनि यस पुनित कार्यमा अभिप्रेरित गरौं ।
 


Swami Kamalnayanacharya
Shree Ji Maharaj
(Shree Muktinath Peethadhish)

Born: 24 May 1966 (1966-05-24)
Baglung, Nepal

Titles/honours: Ananta Shree Vibhushit
Peethadhish of Muktinath Temple
Akhandajyoti Baba Anantashree.

Guru : Swami Shadacharya