Gajendramokshyadibyadham

नेपालको नवलपरासी जिल्ला सुस्ता गा.वि.स. मा अवस्थित श्रीगजेन्द्रमोक्षदिव्यधाम धार्मिक, आध्यात्मिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण पर्यटकीय तीर्थस्थलको रूपमा रहेको छ । नेपालको पूर्वपश्चिम राजमार्गको वर्दघाटबाट करिब २८ किलोमिटर दूरीमा पर्ने यो स्थान सुन्दर हरियाली वनजङ्गल, परमपवित्रा पतितपावनी श्रीनारायणी नदीको स्वच्छ जल, अनेक प्रकारका वन्यजन्तु, जलजन्तु आदिको निवास एवं प्राचीन समयमा महर्षि वाल्मीकिको तपस्थली, लवकुशको जन्मभूमि, जगज्जननी जनकनन्दिनी सीता माताको पातालगमनस्थल एवं गजराज हात्तीलाई उद्धार गर्नका निमित्त भगवान् श्रीहरिको अवतारस्थल आदि धार्मिक, ऐतिहासिक तथा प्राकृतिक  महत्त्वले भरिपूर्ण रहेको छ ।

उपर्यक्त पृष्ठभूमि रहेको यो ठाउँ स्वयंमा अनन्त महत्त्वशाली हुँदाहुँदै पनि केही समय अगाडिसम्म ओझेलमा रहेको थियो । जब २०४८ सालमा श्रीमुक्तिनाथबाबा त्यस क्षेत्रमा पुग्नुभयो र हाम्रो देश नेपालमा रहेका यस्ता तीर्थस्थलहरूको संरक्षण-सम्वर्धन तथा प्रचार-प्रसार गर्नुपर्दछ भनेर स्वामीज्यू त्यस कार्यमा कृतसङ्कल्प हुनुभयो । स्वामीज्यू महाराजले २०४८ सालमा त्रिवेणीधाममा श्रीमुक्तिनाथबाट दीप ल्याई अखण्ड रूपमा प्रज्ज्वलनपूर्वक यस पवित्र कार्यको प्रारम्भ गर्नुभयो ।  

यसरी विभिन्न महत्त्व हुँदाहुँदै पनि ओझेलमा रहेको यो ठाउँलाई नेपालको हरिद्वार बनाउनु पर्दछ भन्ने अवधारणा राखी श्रीस्वामीज्यू महाराजले विभिन्न यज्ञ यागादि कार्यहरू गर्दै संरचनाहरूहरूको थालनी भयो । सोही अनुरूप निर्माणका क्रममा त्यस स्थानमा विभिन्न प्रकारका गज र ग्राहका आकारका शीलाहरू समेत प्राप्त भएका छन् । जसले गर्दा भगवान हरिले अवतार लिएर गजेन्द्रको उद्धार गर्नुभएको स्थान यहि नै हो भन्ने कुरा स्पष्ट हुन्छ । निर्माण गर्दा उत्खननका क्रममा प्राप्त भएका शीलाहरूलाई संरक्षण गरी राखिएको छ भने  हाल त्यस क्षेत्रमा मन्दिर, बिशाल हवनकुण्ड, पूजामण्डप, विशाल श्रीसभा हल, गौशाला, धर्मशाला, स्नानघाट, बागबँगैचा, छात्रवास सहित श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रम, सर्पदंश अस्पताल आदि संरचनाहरू निर्माण भइसकेका छन्, भने यसै स्थानमा नेपाल र भारतका महत्त्वपूर्ण तीर्थस्थलहरूको जलले भरिपूर्ण विशाल कलश स्थापना गरिएको छ, जसको परिक्रमा गर्नाले सम्पूर्ण तीर्थस्थलको परिक्रमा गर्दाखेरि सम्पूर्ण तीर्थस्थलहरूको परिक्रमा गरिन्छ ।

Swami Kamalnayanacharya
Shree Ji Maharaj
(Shree Muktinath Peethadhish)

Born: 24 May 1966 (1966-05-24)
Baglung, Nepal

Titles/honours: Ananta Shree Vibhushit
Peethadhish of Muktinath Temple
Akhandajyoti Baba Anantashree.

Guru : Swami Shadacharya